एजेन्सी, ११ असोज । रुसको एक विद्यालयमा भएको गोलीकाण्डमा १५ जनाको मृत्यु भएको छ । मध्य रसियाको आफ्नो पुरानो विद्यालयमा सोमबार एक व्यक्तिले गोली चलाएको अधिकारीहरूले बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आंशिक परिचालनको विरोधमा देशभर प्रदर्शन भइरहेका बेला विद्यालयमा नरसंहार भएको हो ।पुटिनले इजेभस्क सहरमा भएको ‘अमानवीय आतंकवादी हमला’ भत्र्सना गरेका छन् ।

गोली हान्ने व्यक्ति नव फासीवादी समूहसँग आवद्ध रहेको बताइएको छ । रुसी सञ्चारमाध्यमका अनुसार आक्रमणकारीले नाजीको प्रतीकसहितको कालो टप लगाएका थियो ।

सन् १९८८ मा जन्मिएका आक्रमणकारीले सोही विद्यालयबाट स्नातक गरेका थिए ।