काठमाडौं, ८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ७४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार १२६ जनाको नमुना परीक्षणा गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ११६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १२ हजार १७ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार २८३ रहेको मन्त्रालयले जनाएको छ ।