होन्डुरसविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी

एजेन्सी, ८ असोज । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण अन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले जित हात पारेको छ । उसले होन्डुरसविरुद्ध ३–० को सहज जित हात पारेको हो ।
अमेरिकाको हार्ड रक्स स्टेडियममा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा लाउटारो मार्टिनेजले एक गोल गरे । खेलको १६ औ मिनेटमा मार्टिनेजको गोलमार्फत गोलमार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो ।
पहिलो हाफको थप गरिएको समयमा मेस्सीले पेनाल्टिमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ६९ औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


