एजेन्सी, ८ असोज । फुटबल संघले इंग्लिस क्लब म्यनचेस्टर युनाइटेडका पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई समर्थकको हातबाट फोन खोसेर फालेको घटनामा दोषी देखिएको आरोप लगाएको छ ।

अप्रिलमा एभर्टनमा १–० को हारपछि मैदान छोड्दा उसले समर्थकको फोन तोडेको दाबी गर्दै विभिन्न टिप्पणीहरूसँगै एक भिडियो सोशल मिडियामा सेयर गरिएको थियो । ३७ वर्षीय रोनाल्डोले पछि सामाजिक सञ्जालमा माफी मागेका थिए । उनलाई प्रहरीले अगस्टमा भएको घटनाबारे सचेत गराएको थियो ।

‘अन्तिम व्हिसल पछि फरवार्डको आचरण अनुचित र हिंसात्मक भएको आरोप लगाइएको छ,’एफएले जारी गरेको विज्ञप्तिमा भनिएको छ । युनाइटेडले आरोपको जवाफमा रोनाल्डोलाई समर्थन गर्ने बताएको छ ।

घटना पछि एक इन्स्टाग्राममा रोनाल्डोले भनेका थिए,‘हामीले सामना गरिरहेको जस्तो कठिन क्षणहरूमा भावनाहरूसँग सामना गर्न कहिल्यै सजिलो थिएन । यद्यपि, हामीले सधैं आदर, धैर्यता र सुन्दर खेल मन पराउने सबै युवाहरूको लागि उदाहरण प्रस्तुत गर्नुपर्छ ।’

‘म मेरो आक्रोशको लागि माफी माग्न चाहन्छु र सम्भव भएमा,म ती समर्थकलाई निष्पक्ष खेल र खेलकुदको संकेतको रूपमा ओल्ड ट्राफोर्डमा खेल हेर्न आमन्त्रित गर्न चाहन्छु ।’

यो एक कल्पना नगरिएको केस हो जुन रोनाल्डो जतिको खेलाडीलाई सुहाउँदैन,त्यसैले उनले आरोप स्वीकार गर्छन् कि गर्दैन भन्नेमा सबैको नजर छ ।

यसको परिणाम चेतावनी देखि निलम्बन सम्म जे पनि हुन सक्छ । टोटेनह्यामका एरिक डियरलाई दुई वर्षअघि परिवारका सदस्यसँग झगडा गरेका समर्थकको सामना गर्न स्ट्यान्डमा गएपछि चार खेलको प्रतिबन्ध लगाइएको थियो ।