काठमाडौं, ७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ७६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८३० जनाको पीसीआर परीक्षण गर्दा ५३ र २ हजार २३९ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा ८७ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३७१ रहेको मन्त्रालयले जनाएको छ ।