काठमाडौं, ७ असोज । नेपालमा डेंगु संक्रमणबाट हालसम्म २७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म २७ जनाको डेंगुबाट ज्यान गएको हो ।

गत साउनदेखि हालसम्म देशभर २१ हजार ३५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा १६ हजार २३६ जनामा डेंगु संक्रमण देखिएको छ ।

यस्तै, लुम्बिनीमा २ हजा ७४३, सुदूरपश्चिममा ७५८, प्रदेश १ मा ५८५, गण्डकीमा ४९६, मधेस प्रदेशमा ३०५ र कर्णालमा २२९ जनामा संक्रमण देखिएको छ ।

हालसम्म देशभरका सातवटै प्रदेशका ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।