काठमाडौं, ७ असोज । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटका लागि मधेस प्रदेशले टोली घोषणा गरेको छ । मधेस प्रदेशले कविता गौतमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

घोषित टोलीमा चार जना वैकल्पिक खेलाडी समेत रहेका छन् । योसँगै मधेस प्रदेश नवौं राष्ट्रिय खेलकुदका लागि महिला क्रिकेट टोली घोषणा गर्ने पहिलो टोली बनेको छ ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद २८ असोज देखि ३ कात्तिकसम्म हुनेछ । टोलीको प्रशिक्षकमा सुनिल शाह तथा व्यवस्थापकमा शोभाकान्त पाण्डे छन् ।

मधेसको टोली

कविता गौतम(कप्तान), अनुराधा चौधरी, सवनम खातुन, गोमा आले, साना प्रविन, एलिसा यादव (विकेटकिपर), सरस्वती चौधरी, प्रियंका गुप्ता, मधु राउत, शान्ति चौधरी, रोजी कदारी, मञ्जु राम, पुष्पा फुयाँल र सन्तोषी चौधरी

वैकल्पिक खेलाडी

तुलसी विक, आरती चौधरी, एली यादव, मोनिका शाह