काठमाडौं, ६ असोज । नेपालमा साउनयता साढे १९ हजार बढी डेंगुबाट संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ७६६ जना संक्रमित भएका हुन् । यस्तै साउन महिनायता डेंगुका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी डेंगु संक्रमण पुष्टि बागमती प्रदेशमा भएको छ । बागमती प्रदेशमा मात्रै १४ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ७० जना संक्रमित भएका छन् ।

सुदूरपश्चिममा ६६३, प्रदेश १ मा ५८४, गण्डकी प्रदेशमा ४५१, मधेस प्रदेशमा २९९ र कर्णालीमा २२९ जना डेंगु संक्रमित भएको मन्त्रालयले जनाएको छ ।