ऋतिक र आशिषको राष्ट्रिय फुटबल टिममा ‘इन्ट्री’

काठमाडौं, ६ असोज । काठमाडौंको दशरथ रंगशालमा असोज ११ गते हुने बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि अन्तिम टोलीमा समावेश हुँदै युवा फरवार्डद्वय ऋतिककुमार खड्का र आशिष चौधरीले राष्ट्रिय फुटबल टिममा ‘इन्ट्री’ गरेका छन् ।
कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार घोषणा गरेको २३ सदस्यीय टोलीमा ऋतिक र आशिष दुईजना नयाँ अनुहार छन् ।
घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका ऋतिक र आशिषले प्रशिक्षण दौरान राम्रो सम्भावना देखाएको प्रशिक्षक हुमागाईँले बताए ।
उनले भने, ‘उनीहरु राम्रो खेलाडी हुन् । ट्रेनिङ दौरान पनि राम्रो गरेर नै उनीहरु टिममा परेका हुन् । हामीले उनीहरुबाट राम्रो अपेक्षा रखेका छौं,’ हुमागाईँले टिम घोषणा कार्यक्रममा भने, ‘राम्रो क्यारेक्टर र प्रोफेसनालिजम भएकोले नै उनीहरु टिममा परेका हुन् ।’
पहिलो पटक राष्ट्रिय टिममा परेपछि ऋतिक र आशिष दुवै जना उत्साहित छन् । राष्ट्रिय टिमको जर्सी लगाएर सिनियर खेलाडीहरुसँगै ड्रेसिङ रुम सेयर गर्न उनीहरु उत्साहित भएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


