महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

एजेन्सी, ६ असोज । बंगलादेशमा आउँदो १ अक्टोबरदेखि सुरु हुने महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
प्रतियोगिताको पहिलो दिन आयोजक बंगलादेश र थाइल्यान्ड तथा भारत र श्रीलंका खेल्ने छन् । प्रतियोगितामा बंगलादेशसहित भारत, श्रीलंका, पाकिस्तान, यूएई, थाइल्यान्ड र मलेसिया सहभागी हुनेछन् ।
अक्टोबर १५ तारिखसम्म चल्ने प्रतियोगितामा २४ खेल हुनेछन् । प्रतियोगितामा हालसम्म भारतले सर्वाधिक ६ पटक उपाधि जितेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


