हास्यकलाकार राजु श्रीवास्तवको अन्त्येष्टि

एजेन्सी, ६ असोज । भारतीय हास्यकलाकार राजु श्रीवास्तवको बिहिबार अन्त्येष्टि गरिएको छ ।
दिल्लीको निगमबोध श्मसान घाटमा उनको अन्तिम संस्कार गरिएको हो । उनलाई भाइले मुखाग्नी दिएका हुन् ।
उनको अन्तिम संस्कारमा उनको परिवारका सदस्य, सुनिल पाल, एसान कुरैशी, मधुर भण्डारकरसमेत अन्य केही सेलिब्रिटीको उपस्थिति थियो ।
बिहिबार बिहान साढे ९ बजे दिल्लीको दशरथपुर, द्वारिकाबाट उनको शवयात्रा सुरु भएको थियो । यो राजुको भाइको घर हो । यसमा राजुका प्रशंसकको पनि उपस्थिति थियो ।
डेढ महिनाभन्दा बढी समयसम्म भेन्टिलेटरमा बसेपछि अन्ततः बुधबार ५८ वर्षको उमेरमा राजुको निधन भयो । उनलाई अगस्ट १० मा व्यायाम गर्नेबेला कार्डियक अरेस्ट भएको थियो, त्यसपछि नै उनी दिल्लीको एम्समा ४२ दिनदेखि भर्ना थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


