सुडानमा आएको बाढी र पहिरोबाट ज्यान जानेको संख्या १४६ पुग्यो

एजेन्सी, ६ असोज । सुडानमा हालै आएको बाढी र पहिरोबाट ज्यान जानेको संख्या १४६ पुगेको छ ।
यहाँका अरु केही व्यक्ति हराइरहेका समाचारमा जनाइएको छ । यहाँको नेशनल काउन्सिल फर सिभिल डिफेन्सले सो कुराको जानकारी दिएको हो ।
सो काउन्सिलले यहाँ यही सेप्टेम्बर महिनाको २१ तारिखसम्ममा यहाँ बाढी पहिरोबाट ज्यान जाने नागरिकको संख्या १४६ पुगेको जानकारी दिएको छ । हालै यहाँ आएको बाढीले ५ हजारभन्दा बढी घर बगाएको छ भने अरु ७ हजार घरमा क्षति पुगेको छ ।
यहाँको उत्तरी क्षेत्रका २५० भन्दा बढी गाउँमा बाढीले क्षति पुर्याएको बताइएको छ । बाढीबाट दशौँ हजार हेक्टर जमिनको खेती नष्ट गरिदिएको छ भने सार्वजनिक यातायात तथा भौतिक संरचनामा क्षति पुर्याएको छ ।
यो बाढीबाट गएको जुन महिनादेखि यहाँ कम्तीमा पनि १ लाख ३६ हजार व्यक्ति प्रभावित हुन पुगेका छन् । उनीहरुमध्ये आधाभन्दा बढीको घर ध्वस्त भएकाले विस्थापित भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


