दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री सामन्थालाई गम्भीर रोग

एजेन्सी, ५ असोज । दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभुका फ्यान फ्लोइङ विश्वभर छन् । अभिनेता नागा चैतन्यसँग डिभोर्स भएपछि एक्लिएकी सामन्था एक गम्भीर रोगबाट पीडित छन् ।
यही रोगको उनी विदेशमा उपचार गराइरहेकी छन् । उनलाई छालासँग सम्बन्धित रोग छ । जसलाई पोलीमार्फस लाइट इरप्सन भनिन्छ । यो रोग सूर्यको किरण छालामा सिधा सम्पर्कमा आएपछि लाग्छ ।
यहीकारण सामन्था कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित भएकी छैनन् । अभिनेत्रीले डाक्टरको सल्लाहमा कामबाट ब्रेक लिएकी छन् । उनका फ्यानहरूले अभिनेत्रीको स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
उनी केही समयअघि नयाँ फिल्म ‘खुसी’ को सुटिङमा व्यस्त थिइन् । तर यो रोगका कारण उनले सुटिङबीचमा नै रोक्नु परेको थियो ।उनी उपचारका लागि विदेश जानु परेपछि निर्माता तथा निर्देशकले केही समयका लागि फिल्मको काम रोकेका हुन् ।
फिल्ममा सामन्थाका साथ विजय देवरकोण्डाको पनि अभिनय छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


