बुधबार ८१ नयाँ संक्रमित थपिए, १७५ जना संक्रमणमुक्त

काठमाडौं, ५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ८१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४४७ जनामा भएको परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १७५ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४८३ रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


