बागमती प्रदेशमा डेंगू सङ्क्रमणबाट ११ जनाको मृत्यु

मकवानपुर, ५ असोज । बागमती प्रदेशमा डेंगू सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेँङ्गुबाट काठमाडौँमा चार, ललितपुरमा दुई, सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक , सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिए ।
यसैगरी प्रदेशमा हालसम्म १३ हजार ३७५ जना डेँगुका बिरामी फेला परेका छन् । ती सबैभन्दा धेरै ललितपुर जिल्लामा ४ हजार ८७८ जना डेँङ्गुका बिरामी फेला परेका छन् ।
यसैगरी, काठमाडौँमा ४ हजार ६७४, मकवानपुरमा १ हजार ६१०, भक्तपुरमा ७१३, चितवनमा ४२९ र धादिङमा ३९९ जना डेँङ्गुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


