दोनेत्स्कमा भएका शृंखलाबद्ध विस्फोटनमा परेर १२ जनाको मृत्यु

एजेन्सी, ५ असोज । पूर्वी युक्रेनको पृथक्तावादी नियन्त्रित सहर दोनेत्स्कमा भएका शृंखलाबद्ध विस्फोटनमा परेर १२ जनाको मृत्यु भएको छ ।
विस्फोटमा अन्य केही घाइते भएका छन् । युक्रेनी हमलामा उनीहरूको मृत्यु भएको रुस समर्थित मेयर अलेक्सी कुलेम्जिनले दाबी गरे ।आक्रमणको युक्रेनकी पक्षले भने कुनै प्रतिक्रिया जनाएको छैन ।
दोनेत्स्कलाई सन् २०१४ देखि रुस समर्थित विद्रोहीले नियन्त्रणमा राखेका छन् । विशेषगरी युक्रेनमा रुसले हमला सुरु गरेपछि मस्कोले उक्त सहरलाई निशाना बनाएको विद्रोहीहरूले बताउँदै आएका छन् । यसअघि पनि उक्त सहरमा बारम्बार मिसाइल आक्रमण र गोलाबारी भएका थिए ।
फेब्रुअरीपछि रुसी सेनाले दोनेत्स्क क्षेत्रका थप दक्षिणी भागहरूमा कब्जा गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


