सरस्वती माविको भवन निर्माण कार्यको पूर्वराष्ट्रपति डा. यादवले गरे शिलान्यास

–बरुणा कर्ण
जनकपुरधाम, ५ असोज । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जनकपुरधामस्थित सरस्वती नमूना माध्यमिक विद्यालयको भवन निर्माण एवं परिसर सुधार कार्यको शिलान्यास गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–९ स्थित विद्यालय परिसरको भौतिक पुर्वाधार सहित सडक नाला, पोखरी सौन्दर्यीकरण तथा वातावरण सुधार कार्यको पूर्वराष्ट्रपति डा. यादवले बुधबार शिलान्यास गरेका हुन् ।
संघीय आयोजना कार्यान्वयन इकाई जनकपुरधामले धुलिखेलस्थित गणपति बाबा निर्माण सेवा प्रा.लिसँग १० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी पुरानो मौलिक वास्तुकलामा आधारित भई आधुनिक निर्माण सामग्री प्रयोग गरी विद्यालयमा थप दुई तल्ले आर.सी.सी. भवन, ९ वटा कक्षाकोठा, प्रत्येक तल्लामा महिला–पुरुष शौचालय, परिषर सुधारलगायतका कामहरु गराउन लागेको हो ।

२०७९ असोज २ गते सम्झौता कार्यादेश भई भवनलगायतका अन्य निर्माण कामहरु २०८० मंसिर ३० गतेसम्म अर्थात १५ महिनामा सम्पन्न गरिने भएको छ ।
शिलान्यास कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरी, मन्त्रालयका सचिव डा.रमेश सिंह, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह लगायतकाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


