रहेनन् चर्चित भारतीय कमेडियन राजु श्रीवास्ताव

एजेन्सी, ५ असोज । चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको ५८ वर्षको उमेरमा बुधबार निधन भएको हो ।
केही महिनाअघि हृदयघात भएपछि उनलाई लामो ४२ दिनसम्म अस्पतालको आईसीयूमा उपचार गरिएको थियो । श्रीवास्तवको जन्म उत्तर प्रदेशको कानपुरमा २५ डिसेम्बर सन् १९६३ मा भएको थियो ।
बाल्यकालमा सत्यप्रकाश श्रीवास्तव भए पनि उनी बलिउडमा भने राजु श्रीवास्तवको नामले चिनिन्छन् । बाल्यकालदेखि उनी मिमिक्री र कमेडी गर्ने गर्थे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


