काठमाडौं, ४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ७४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ र १ हजार ९७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा १६० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६१९ रहेको मन्त्रालयले जनाएको छ ।