हेटौंडा, ४ असोज । मकवानपुरमा थप २१९ जनामा डेंगु सक्रमण पुष्टि भएको छ ।

दैनिक सयौं विरामीको संख्या बढिरहेको मकवानपुरमा २४ घण्टामा २१९ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।

उनका अनुसार २१९ जना मध्ये २०४ जना हेटौंडा उपमहानगरका, मकवानपुरगढीका ८ जना, मनहरीका ५ जना र भीमफेदीका २ जना रहेको बताएका छन् ।

गत श्रावणदेखि मकवानपुरमा एक हजार ३७ जना पुरुष र ७९२ जना महिला गरी एक हजार ८२८ जनामा डेंगु संक्रमण भएको घिमिरेले बताए ।

मकवानपुरमा हेटौंडाका एकजना डेंगु सक्रमितको निधन भएको छ ।