जनकपुरधाम, असोज ४ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशबाट कुस्तीमा ५ महिलासहित १५ जना छनोट भएका छन् ।

मंगलवार जनकपुरधामस्थित कवर्ड हलमा भएको फाइनल खेलमा विभिन्न तौल समूहमा ११ जना खेलाडी छनोट भएका हुन् ।

छनोट हुनेमा ५७ किलोमा बाराका अमरेन्द्र यादव, ६१ किलोमा अमरेश कुमार यादव, ६५ किलोमा अर्जुन कुमार साह, ७४ किलोमा मुक्तार आलम, ७९ किलोमा बुनिलाल राउत र १२५ किलोमा राज यादव रहेका छन् ।

यस्तै ७० किलोमा पर्साका मनोज यादव, ८६ किलोमा लाल बहादुर यादव, ९२ किलोमा अवधेश यादव र ९७ किलोमा राजेश यादव छनोट भएका हुन् ।

यस्तै महिलातर्फ पाँच वटा तौल समूहको खेलाडी छनोट भएको छ । ५० किलो तौल समूहमा बाराकी गिता यादव, ५३ किलोमा पर्साकी मधुकुमारी, ५५ किलोमा बाराकी प्रमिला, ५७ किलोमा बाराकै किरण यादव र ६२ किलोमा पर्साकी निलम कुमारी छनोट भएकी छन् ।

उक्त प्रतियोगिता भदौ २ गतेदेखि जारी रहेको थियो ।