महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौं, ४ असोज । सेप्टेम्बर २४ देखि ३० सम्म माल्दिभ्समा हुने साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ गरिएको छ ।
१२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमकाबीच बिदाइ गरे ।
अमिशा घले र विनामणी योञ्जन पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् । यस्तै, १३ औं सागमा थ्री बाइ थ्री टोलीमा रहेका गरिशा सिलवाल र मीना गुरुङले पनि पहिलोपटक फुल कोर्ट खेलका लागि टोलीमा स्थान बनाएका छन् ।
नेपाली टोलीको प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् । फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । टोली २३ सेप्टेम्बरमा माल्दिभ्स प्रस्थान गर्नेछ ।
नेपाली टोली : सदिना श्रेष्ठ (कप्तान), एलिना गुरुङ, एलिसा मल्ल,अमिशा घले,अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मीना गुरुङ, मुना महर्जन, प्रतीक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


