चिकित्सक संघ जनकपुरधाम शाखाको अध्यक्षमा डा. रामजी यादव प्यानलसहित निर्वाचित

जनकपुरधाम, ४ असोज । नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएशन, एनएमए) को जनकपुरधाम शाखाको अध्यक्षमा डा. रामजी यादव प्यानलसहित निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न निर्वाचनमा यादवले २९७ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा डा.रामेश्वर महासेठ ३११ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी डा.पंकज प्रताप देवले ११६ मात्र प्राप्त गरे ।
महासचिवमा डा.रामज्ञान यादव २९८ मत ल्याएर विजयी भएका छन् । महासचिवका अर्का उम्मेदवार डा.अबधेस कान्त झाले १३३ मत प्राप्त गर्न सफल भएका छन् ।
कोषाध्यक्षमा डा.राजेश कुमार शाह २५० मतसहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी डा. निरन्जन गोइत १६९ मत प्राप्त गरेका छन् ।
यस्तै सदस्यहरुमा बिभाश गोइत, बिपिन कुमार यादव, देवनारायण साह, रबि रन्जन प्रधान, ऋषिकेश प्रताप साह र बिजय कुमार साह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
धनुषा, महोत्तरी, सर्लाही र सिन्धुलसहित चार जिल्लाको चिकित्सकहरुको संगठन जनकपुर चिकित्सक संघमा जम्मा ६ सय मतदाता छन् । चुनावमा ४५९ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
नयाँ कार्य समितिको १३ पदका लागि भएको निर्वाचनमा २६ जनाको उम्मेदवार परेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


