एजेन्सी, ४ असोज । भारतमा कोरोना संक्रमितको संख्या ४ करोड ४५ लाख ३९ हजार पुगेको छ ।

एकैदिन ४ हजार ८५८ नयाँ संक्रमित भेटिएसँगै संक्रमितको संख्या साढे ४ करोड नजिक पुगेको हो ।

जसमध्ये अहिले ४८ हजार सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १८ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३३५ पुगेको छ ।

त्यस्तै, भारतमा राष्ट्रिय कोभिड–१९ निको दर ९८ दशमलव ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा दैनिक संक्रमण दर २ दशमलव ७६ प्रतिशत छ ।