फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित

काठमाडौं, ३ असोज । साफ महिला फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको हो ।
साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हाफमा नै दुई गोल खाएको थियो । पहिलो हाफको १३ औं र ४१ औं मिनेटमा बंगलादेशले गोल गरेको थियो ।
दोस्रो हाफको ७० औं मिनेटमा नेपालले एक गोल फर्काएको थियो । तर बंगलादेशले पुन गोल गर्दै ३–१ ले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
सन् २०१६ को साफ फुटबलको फाइनलमा भारतसँग हारेको बंगलादेशले यो पटक नेपाललाई पराजित गर्दै च्याम्पियन बनेको हो ।नेपाललाई हराएर बंगलादेशले ऐतिहासिक सफलता प्राप्त गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


