लियोनविरुद्व पिएसजी १–० ले विजयी

एजेन्सी, ३ असोज । फ्रेन्च लिग वानअन्तर्गत आइतबार रातिको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ ।
ऊ घरेलु टोली लियोनविरुद्व १–० ले विजयी भएको हो ।
पार्क ओलम्पिक लियोनाइस (ग्रुपमा स्टेडियम) मा लियोनल मेस्सीले गरेको एक मात्र गोल पिएसजीलाई जित दिलाउन निर्णायक बन्यो ।
उनले खेलको पाँचौँ मिनेटमा नेयमारको पासलाई सदुपयोग गरेका थिए ।
यो जितसँगै ८ खेलमा २२ अंकका साथ पिएसजी शीर्ष स्थानमा उक्लिँदा पराजित लियोन समान खेलबाट १३ अंकका साथ छैटौं स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


