सोमबार ९१ नयाँ संक्रमित थपिए, १६५ जना संक्रमणमुक्त

काठमाडौं, ३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ९१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४८८ जनाको पीसीआर परीक्षण गर्दा ७५ र १ हजार ४३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १६५ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७४० रहेको मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये १ हजार ६७८ जना होम आइसोलेसनमा रहँदा ६२ जना संस्थागत आइसोलेसनमा छन् ।
त्यस्तै, २० जना आइसीयूमा रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


