युवराज र अनुष्काको ‘हाम्रो सम्बन्ध’ सार्वजनिक

काठमाडौं, ३ असोज । युवराज चौलागाईं र अनुष्का पाठकको स्वर रहेको गीत ‘हाम्रो सम्बन्ध’ सार्वजनिक भएको छ ।
मायाप्रेममा आधारित गीतमा प्रेमसम्बन्धलाई कसरी विवाहमा परिणत गर्न सकिन्छ भन्ने प्रस्टपार्न खोजिएको छ ।
गीतको भिडियो भने शान थापाले निर्देशन गरेका हुन् । अनुष्काकै शब्द रहेको गीतमा सङ्गीत गायक युवराजकै रहेको छ ।
अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा गायक गायिका चौलागाई र अनुष्कासँग रोमान्स गरेका छन् ।
गीतलाई दर्शकले रुचाइरहनु भएको र प्राप्त प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको गायक चौलागाईंले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


