नाइजेरियामा सडक दुर्घटनामा परी १९ जनाको मृत्यु

एजेन्सी, ३ असोज । नाइजेरियामा सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको छ ।
त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार नाइजेरियाको राजधानी अबुजाको सडक दुर्घटनामा परेर ती नागरिकको ज्यान गएको हो । सो दुर्घटनामा परेर अरु ७ जना घाइते भएका पनि समाचारमा जनाइएको छ ।
राजधानी अबुजाको यान्जी ग्वालादा सडकमा सो दुर्घटना भएको हो । सडक विभागका एक अधिकारीले त्यहाँको उक्त सडकमा बस र ट्रक एक आपसमा जुध्दा सो दुर्घटना भएको हो ।
त्यहाँ सो सडकमा तीन ओटा सवारी साधन एक आपसमा जुधेकाका कारण यति धेरै नागरिकको ज्यान गएको हो । सो सडकमा तीन ओटा सवारी साधन के कसरी आपसमा जुध्न पुगेका थिए भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।
त्यहाँ बेपर्वाहसँग सवारी हाँक्ने, सडकको अवस्था पनि कमजोर रहेको र यहाँका सवारी साधनहरुले क्षमता भन्दा पनि बढी मात्रामा भारी बोक्ने गरेकाले समय समयमा सडक दुर्घटना हुने गरेको अधिकारीहरुले जनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


