सार्वजनिक शिक्षा सुधार्न आलोचना भन्दा सामूहिक प्रयत्न आवश्यक : शिक्षामन्त्री पौडेल

काठमाडौं, ३ असोज । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न आलोचना भन्दा सामूहिक प्रयत्न आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा आयोजित ‘विद्यालय तह परीक्षाको नतिजा–वर्तमान अवस्था र भावी कार्यदिशा’ छलफलमा मन्त्री पौडेलले सामूहिक प्रयत्नबाट शिक्षामा सुधार हुने बताएका हुन् ।
विद्यालय शिक्षालाई नियमन गर्न परीक्षा बोर्ड, उच्च शिक्षालाई नियमन गर्न विश्वविद्यालय र प्राविधिक तथा व्यावसायिक शिक्षा नियमन गर्न सिटिइभिटी रहेकाले थप सुधार गर्न विज्ञहरूको सुझाव आवश्यक रहेको उनले बताए ।
उनले विश्वविद्यालयका आङ्गिक क्याम्पसहरू शिक्षा विषयमा रुचि नभएकाले भर्ना हुनेको सङ्ख्यामा कमी आएको बताउँदै व्यवहार मुखी शिक्षाको आवश्यक रहेको बताए । विद्यालय शिक्षा सुधार्न क्यालेन्डर प्रणाली आवश्यक रहेकाले वैशाखदेखि क्यालेन्डर प्रणाली लागू हुने उनको विश्वास छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


