अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध

एजेन्सी, ३ असोज । तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ ।
तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरूले उक्त जानकारी दिएका हुन् ।
सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसले जनाएको छ ।
अफगानिस्तानको दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरुले प्रतिबन्ध सम्बन्धी सूचना सेयर गरेका छन् र तोकिएको समयमा निर्देशिका पालना गर्न पनि भनिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


