काठमाडौं, २२ असोज । ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ मा एकसाथ ३ विजेता छानिएका छन् । हिमालयन दृष्य रिसोर्टमा सम्पन्न प्रतियोगितामा जुनियर र सिनियर गरेर एकसाथ तीन विजेता छानिएका हुन् ।

प्रतियोगितामा ‘किड्स अफ द इयर इन्टरनेशनल’ केटा तर्फ विलिप मानन्धर शीर्ष विजेता बने । यही प्रतियोगिता तर्फको फष्ट रनरअप सायन केसी, सेकेन्ड रनर अफ विनिक खड्गी चुनिदा थर्ड रनरअप मेवान देगम शाक्य घोषित भए ।

त्यस्तै ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ केटीतर्फ आरध्या विष्टले शीर्ष उपाधि चुमिन् । यही प्रतियोगितामा इलियाना वैद्य फष्ट रनरअफ र हर्षिका खड्का सेकेन्ड रनरअप हुँदा उत्सुक्ता श्रेष्ठ थड रनरअफ भइन् । प्रतियोगितामा ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ सिरिनयर केटी तर्फको उपाधि भने सिखा मान्नधरले हात पारिन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा आशिष थापा (प्रमुख प्रशासक मिलियन ह्वाइट हाउस स्कुल) इन्दु थापा (प्रिन्सिपल बेलर इन्टरनेशनल स्कुल), अशोक पाण्डे ( प्रिन्सिपल सेमरक निष्ट स्कुलका ), उमा बस्नेत (भाइस प्रिन्सिपल नाइटेङ्गल स्कुल) र पुकार कर्णजित (पहिलो मिष्टर काभ्रे तथा अध्यक्ष अर्किट इन्टरनेशनल स्कुल) निर्णयक रहेका थिए ।