चीनमा बस दुर्घटना हुँदा २७ को मृत्यु, २० जना घाइते

एजेन्सी, २ असोज । दक्षिण पश्चिम चीनको गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिदा २७ जनाको मृत्यु भएको तथा २० जना घाइते भएका छन् ।
आइतबार बिहान भएको उक्त दुर्घटनाको स्थानीय प्रहरीले पुष्टि गरेको छ । बसमा ४७ जना सवार थिए ।
सान्डु सुइ स्वायत्त काउन्टीको राजमार्गमा गुडिरहेका बस एक्कासी दुर्घटना भएको उक्त काउन्टीको सार्वजनिक सुरक्षा ब्युरोले जनाएको छ । दुर्घटनाको कारण सार्वजनिक गरिएको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


