आइतबार ५९ नयाँ संक्रमित थपिए, १६१ जना संक्रमणमुक्त

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ५९ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७५३ जनाको पीसीआर परीक्षण गर्दा २५ र १ हजार १२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १६१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १८३० रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


