स्पेनिस ला लिगामा बार्सिलोनाको सहज जित

काठमाडौं, २ असोज । स्पेनिस ला लिगाअन्तर्गत शनिबार रातिको खेलमा घरेलु टोली बार्सिलोनाले सहज जित निकालेको छ । उसले शनिबार राति १० खेलाडीमा समेटिएको इल्चेविरुद्ध ३–० को जित निकालेको हो ।
जितसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । क्याम्प नोउमा बार्सिलोनालाई सहज जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई तथा मेम्फिस डिपाए एक गोल गरे ।
खेलको १४ औं मिनेटमा इल्चे १० खेलाडीमा समेटियो । लेवान्डोस्कीलाई फउल गरेपछि रेफ्रीले गोन्जलो भेर्डुलाई सिधै रातो कार्ड देखाएका थिए ।
३४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा डिपाएले टोलीको अग्रता दोब्बर बनाए ।
४५ औं मिनेटमा इल्चेका मुख्य प्रशिक्षक फ्रान्सिस्को रोड्रिगेजले रातो कार्ड पाए । ४८ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए ।
जितसँगै बार्सिलोनाले ६ खेलमा १६ अंक जोड्दा पराजित इल्चे पराजित इल्चे समान खेलबाट १ अंकका साथ पुछारमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


