इंग्लिस प्रिमियर लिगमा टोटेनहम होटस्पुर विजयी

काठमाडौं, २ असोज । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार रातिको खेलमा टोटेनहम होटस्पुर विजयी भएको छ ।
घरेलु मैदानमा लेस्टरिसटीविरुद्ध ६–२ ले विजयी भएको हो । टोटेनहम हटस्पुर स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन सन ह्युङ मिनले ह्याट्रिक पूरा गर्दा ह्यरी केन, एरिक डियर र रोड्रीगो बेन्टेन्कुरले १–१ गोल गरे ।
लेस्टरका लागि युरी टिलिम्यान्स र जेम्स म्याडिसनले १–१ गोल फर्काए । खेलको सुरुवाती अग्रता भने पाहुना टोलीले लिएको थियो ।टेलिम्यान्सले पेनाल्टीमार्फत गोल गर्दै लेस्टरलाई अग्रता दिलाए ।
लेस्टरको त्यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । गोल खाएको दुई मिनेटपछि नै केनले टोटेनहमलाई १–१ को बराबरीमा ल्याए ।
२१ औं मिनेटमा डियरलले गोल गर्दै घरेलु टोलीलाई २–१ ले अघि बढाए । ४१ औं मिनेटमा म्याडिसनले गोल गरेपछि लेस्टर २–२ को बराबरीमा आयो ।
४७ औं मिनेटमा बेन्टेन्कुरले घरेलु टोलीलाई ३–२ ले अघि बढाए । ७४, ८४ र ८६ औं मिनेटमा सनले गोल गर्दै ह्याट्रिक पूरा गरेपछि टोटेनहमले ६–२ को फराकिलो जित निकाल्यो ।
जितसँगै टोटेनहम सात खेलमा १७ अंकका साथ दोस्रो स्थानमा उक्लिँदा पराजित लेस्टर समान खेलबाट एक अंकका साथ पुछारमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


