एजेन्सी, २ असोज । अमेरिकाको कोलोराडो राज्यमा दुईवटा साना विमान आकाशमा ठोक्किदा तीनजनाले ज्यान गुमाएका छन् ।

शनिबार भएको उक्त दुर्घटनाको वोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ । उसका अनुसार बेग्लाबेग्लै स्थानमा विमानका भग्नावशेष भेटिएका हुन् ।

एउटा विमानमा दुईजना र अर्कोमा एक जनामात्र सवार थिए । युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ ।