हेटौंडामा ३६९ मोतिविन्दुका विरामीको निःशुल्क शल्यक्रिया

हेटौंडा, २ असोज । तिलगंगा आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुईत सहित हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक टोलीले ३६९ जना मोतिविन्दुका विरामीहरुको निःशुल्क शल्यक्रिया गरेको छ ।
तेज कोहली एण्ड रुईत फाउण्डेशनको सहयोगमा हेटौंडा सामुदायिक आँखा अस्पतालले निशुल्क आँखा जाँच एवमं मोतिविन्दुको शल्यक्रिया कार्यक्रम आयोजना गरेको हो ।
मकवानपुरको भिमफेदी, मनहरी,राईगाउँ बाराको फत्तेपुर, निजगढ, कोहल्वि, पर्साको कटैया, रौतहटको गजुरा, सिन्धुलीको पिपलमाढी र चनेश्वरमा निशुल्क शिविर आयोजना गरी २ हजार ८२२ जना विरामीहरुको आँखा जाँच गर्दा ४९४ जना बिरामीहरुमा मोतिविन्दु पाईएको थियो ।
तेज कोहली एण्ड रुईत फाउण्डेशनबाट यस वर्ष हेटौंडा सामुदायिक आँखा अस्पताललाई ५ सय जनाको मोतिविन्दुको शल्यक्रिया गर्न खर्च सहयोग प्राप्त भएको हेटांैडा सामुदायिक आँखा अस्पतालले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


