शनिबार ६३ नयाँ संक्रमित थपिए, १३१ जना संक्रमणमुक्त

काठमाडौं, १ असोज । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ६३ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५७४ जनाको पीसीआर परीक्षण गर्दा ३५ र २ हजार १६६ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १३१ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९६६ रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


