चिकित्सकहरुको राष्ट्रिय परिचय पत्र असोज ६ र ७ गते बनाइने

काठमाडौं, १ असोज । नेपाल चिकित्सक संघको पहलमा चिकित्सकहरुको राष्ट्रिय परिचय पत्र यही असोज ६ र ७ गते बनाइने भएको छ ।
संघले शनिबार एक सूचना जारी गरी असोज ६ र ७ गते संघको केन्द्रीय कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाइने भएको हो ।
परिचय पत्र बनाउन इच्छुक चिकित्सकहरुले तोकिएको सक्कल कागज पत्रहरु सहित अनलाइन फारम अनिवार्य भरेर संघको कार्यालयमा जान सूचनामा उल्लेख गरिएको छ ।
एक दिनमा एक जनासम्मको मात्र बनाउन संभव भएकाले सोही अनुसार प्रत्येक दिन कार्यालयमा गई नाम दर्ता गराउन संघले आग्रह गरेको छ । असोज २, ३, ४ र ५ गतेका दिन राष्ट्रिय परिचय पत्र नबन्ने संघले जनाएको छ ।
असोज ६ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र ७ गते बिहान १० देखि मध्यान्ह १२ बजेसम्म राष्ट्रिय परिचय पत्र बनाउन सकिनेछ ।
परिचयपत्र बनाउन नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, विवाहितको हकमा नागरिकतामा पतिपत्नीको नाम उल्लेख नभएमा विवाह दर्ताको प्रमाणपत्र वा नाता खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने संघले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


