पाकिस्तानमा बाढीमा परी ३७ को मृत्यु, ९२ जना घाइते

एजेन्सी, १ असोज । पाकिस्तान विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी ३७ जनाको मृत्यु भएको छ भने अन्य ९२ जना घाइते भएका छन् ।
राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)का अनुसार बाढीसम्बन्धी छुट्टाछुट्टै घटनामा ज्यान गुमाउनेमध्येमा १६ बालबालिका र ७ महिला रहेका छन् ।
यो वर्षको वर्खेझरीका कारण देशका विभिन्न स्थानमा बाढी आउँदा १ हजार ५४५ जनाको मृत्यु भएको छ । बाढीजन्य भवितव्यमा परी १२ हजार ८५० जना घाइते भएका छन् ।
देशभर परेको भीषण वर्षा र त्यसपछिको बाढीले १९ लाख २० हजार घर ध्वस्त भएका तथा नौ लाख ३५ हजार ७९५ चौपाया मरेका छन् ।
बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


