आम आदमी पार्टीका विधायक गिरफ्तार

एजेन्सी, १ असोज । भारतको नयाँ दिल्लीको एन्टी करप्सन ब्रान्चले आम आदमी पार्टीका विधायक अमानतुल्लाह खानलाई भ्रष्टाचार गरेको एक मुद्दामा गिरफ्तार गरेको छ ।
समाचार एजेन्सी पिटिआइका अनुसार दिल्ली वक्फ बोर्डका अध्यक्षसमेत रहेका खानलाई गिरफ्तार गर्नुको कारण पनि यही संस्थामा भएको भर्नासम्बन्धी भ्रष्टाचारको मुद्दा हो ।
उनको घरमा छापा मार्दा २४ लाख नगद पनि बरामद भएको थियो । साथसाथै दुई वटा लाइन्सेन्स नभएका बन्दुक पनि बरामद गरिएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


