फिलिपिन्समा एकै दिन कोभिडबाट २ हजार १ सय जना संक्रमित

एजेन्सी, १ असोज । फिलिपिन्समा एकै दिन कोभिडबाट २ हजार १ सय जना सङ्क्रमित भएका छन् ।
योसँगै त्यहाँ कोभिडबाट ३९ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । त्यस्तै, कोभिडबाट एकै दिन ३१ जनाको ज्यान गएको छ ।
अहिलेसम्म फिलिपिन्समा कोभिडबाट ६२ हजारभन्दा बढीको मृत्यु भएको छ । राजधानी मनिला कोभिडबाट सबैभन्दा बढी प्रभावित छ । फिलिपिन्समा जनवरीमा एकै दिन ३९ हजार सङ्क्रमित फेला परेका थिए ।
तर, अहिले भने दैनिक दुई हजार जनाको हाराहारीमा सङ्क्रमित भेटिने गरेका यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ ।
फिलिपिन्समा अहिलेसम्म ७२ दशमलव ८ प्रतिशत नागरिकले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


