काठमाडौं, १ असोज । अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् ।

शनिबार पत्रकार सम्मेलनमा बोल्दै अभिनेता खड्काले यस्तो माग गरेका हुन् ।

अध्यक्ष केसीको विरुद्धमा सर्वोच्चमा मुद्दा परेको छ । सो मुद्दाको पेसीअघि नै राजीनामा दिएमा केसीलाई राम्रो हुने उनले बताए ।

प्रेम गीत–३ लाई असफल बनाउन अध्यक्ष केसीले सो फिल्म रिलिजअघि नयाँ नियम लगाएको खड्काको आरोप छ । रक्सी खाने ठाउँ बिहान ४ बजेसम्म खोलिने, तर सिनेमा हल ११ बजे बन्द गर्ने नियम ल्याउने भन्दै उनले बोर्ड अध्यक्ष केसीको आलोचना गरे ।