प्रधानमन्त्री देउवाद्वारा नवौँ राष्ट्रिय खेलकुदका लागि तयार गरिएको ट्रफी सार्वजनिक

काठमाडौं, १ असोज । राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवाले नवौँ राष्ट्रिय खेलकुदका लागि तयार गरिएको ट्रफी सार्वजनिक गरेका छन् ।
ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री देउवाले खेलकुदले नयाँ गति लिन लागेको र यसका लागि सरकारको सहयोग रहने बताए ।
पाँच केजी चाँदीको ट्रफीमा मेन ट्रफी भन्ने शब्द दुई तोला सुनले कुँदिएको स्वर्ण शब्दसहित काठको बेसमा बनाएको छ । ट्रफी १० लाख मूल्य बराबर छ । राष्ट्रिय खेलकुदको नवौँ संस्करणमा पहिलो पटक तयार गरिएको च्याम्पियन टोलीलाई प्रदान गर्न लागिएको ट्रफीको परिकल्पनाकार नेपाल ओलम्पिक कमिटीका महासचिव, नेपाल ट्राईयाथलनका अध्यक्ष एवं एथलेटिक्स खेलाडी निलेन्द्र राज श्रेष्ठ रहेका छन् ।
ट्रफीका शिल्पकार श्याम तुलाधर रहेका छन् भने ट्रफी निर्माण गर्न पाँच जना कालीगढले दिनको १८ घण्टाका दरले २५ दिन खर्चेका छन् । ट्रफी राष्ट्रिय खेलकुदमा टिम च्याम्पियन बन्न सफल टिमलाई प्रदान गरिने छ ।
ट्रफी पूर्ण कलशको स्वरुपमा रहेको छ । नेपाली संस्कृति अनुरुप कुनै पनि शुभ कार्य, मंगल कार्य र विजय उत्सवका बखत कलशलाई पूजा गरेपश्चात् मात्र कार्य शुभारम्भ गर्ने परम्परालाई आधार मानेर ट्रफीको निर्माण गरिएको छ । यो नेपाली कला शैलीमा निर्माण गरिएको छ । त्यस्तै, विश्वकप लिग–२ मा अहिलेसम्म २० म्याच खेल्दा आठ जित र ११ हार र एक बराबरीको नतिजा निकालेको नेपाल १७ अंकका साथ छैटौं स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


