चिलीको अपिल दोस्रोपटक पनि खारेज

काठमाडौं, १ असोज । चिलीले इक्वेडरको कतार विश्वकप २०२२ सहभागिता रद्दका लागि फिफासमक्ष गरेको अपिल दोस्रोपटक पनि खारेज भएको छ ।
चिलीले केही साताअघि दोस्रोपटक गरेको अपिललाई फिफाले खारेज गर्दै इक्वेडरलाई विश्व खेल्ने बाटो खोलिदिएको हो ।
चिलीले यसअघि पनि इक्वेडरले विश्वकप छनोटमा गैर–नागरिक खेलाएकाले उनीहरूको छनोट बदर हुनुपर्ने भन्दै अपील गरे पनि फिफाले त्यसलाई खारेज गरेको थियो ।
इक्वेडरका डिफेन्डर बेरोन कास्टिलो गैर–नागरिक भएको दाबी गर्दै आएको चिली फुटबल संघ (एएनपिए) ले कास्टिलो इक्वेडरमा नभई कोलम्बियामा जन्मिएको दाबी गरेको छ ।
उनले इक्वेडरबाट विश्वकप छनोटको आठ खेल खेलका थिए, जसमा चीलीविरुद्धको दुई खेल पनि सामेल छ ।
इक्वेडरले फिफा विश्वकप दक्षिण अमेरिकी छनोटको चौथो स्थानमा रहँदै कतार विश्वकपमा स्थान बनाएको हो । सातौँ स्थानमा रहेको चिलीले भने विश्वकप छनोटको प्लेअफमा पनि स्थान बनाउन सकेन ।
इक्वेडर आयोजक कतार, सेनेगल र नेदरल्याण्ड्सँगै फिफा विश्वकपको समूह ‘ए’ मा छ । उसले उद्धाटन खेलमा आयोजक कतारसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


