तराई डेन्टल क्लिनिकको वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निःशुल्क दन्त शिविरको आयोजना

जनकपुरधाम, ३१ भदौ । जनकपुरधामस्थित तराई डेन्टल क्लिनिकको प्रथम वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निःशुल्क दन्त शिविरको आयोजना गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ स्थित तराई डेन्टल क्लिनिकको प्रथम वार्षिकोत्सवको अवसरमा ब्लड फर नेपालको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो ।
तराई डेन्टल क्लिनिकका संस्थापक दन्त चिकित्सक मिशा महासेठको अध्यक्षता तथा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष निरज कुमार साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दुई दर्जनभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन् ।
दर्जनौं सर्वसाधारण निःशुल्क दन्त शिविरबाट दाँत तथा मुख सम्बन्धि उपचार गराएर लाभान्वित भएका छन् ।
तराई डेन्टल क्लिनिकले एकवर्षमा २ हजारभन्दा बढी बिरामीहरुको उपचार गरेको सञ्चालक महासेठले बताइन् । उनले आफूहरु छोटो समयमै दाँत तथा मुख रोग सम्बन्धि उपचारमा उत्कृष्ट कार्य गरि आफ्नो फरक पहिचान बनाउन सफल भएकोसमेत बताइन् ।
तराई डेन्टल क्लिनिकले धनुषा र महोत्तरीका विभिन्न ठाँउहरुमा विभिन्न संस्थाको सहयोगमा २४ वटा दन्त शिविरको आयोजना गरी सर्वसाधारणलाई निःशुल्क दन्त सेवा प्रदान गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


