काठमाडौं, ३१ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ११० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा ६० र २ हजार ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ९०९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६२ रहेको छ । जसमध्ये १ हजार ९९९ जना होम आइसोलेसनमा छन् भने ६३ जना संस्थागत आइसोलेसन र २० जना आईसीयूमा छन् ।