एजेन्सी, ३१ भदौ । मध्य इटालीमा आएको भीषण आँधीका कारण ७ जनाको ज्यान गएको छ ।

सडक र घरहरूमा पसेको बाढीमा परी कम्तीमा ७ जनाको मृत्यु भएको नागरिक सुरक्षा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।

एन्कोना प्रान्तमा सबैभन्दा बढी क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउने सबै एन्कोना प्रान्तकै रहेको बताइएको छ । आँधी र भारी वर्षापछि आएको बाढीले सडक र घरहरू बगाएको पनि बताइएको छ ।

स्थानीय अधिकारीहरूले उद्धार कार्य जारी रहेको जनाएका छन् । आँधीमा परी कति व्यक्ति घाइते वा बेपत्ता भएकाको भन्ने विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ ।