काठमाडौं, ३० भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १२६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६७४ जनाको पीसीआर परीक्षण गर्दा ७५ र २ हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा १३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ७९९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार १२९ जना रहेको छ । जसमध्ये २ हजार ६२ जना होम आइसोलेसनमा छन् भने ६७ जना संस्थागत आइसोलेसन र १८ जना आईसीयूमा छन् ।